अमेरिकामा भएको आतंकवादी हमलाको २० वर्ष पुग्यो

अमेरिकामा भएको आतंकवादी हमलाको २० वर्ष पुग्यो
शनिबार, भदौ २६, २०७८

समिर जोशी, काठमाडौं । सन २००१ को सेप्टेम्वरमा अमेरिकामा भएको आतंकवादी हमलाको २० वर्ष पुगेको छ ।

न्यूयोर्क सहरको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आक्रमणमा परि २ हजार ९ सय भन्दा वढीको ज्यान गएको थियो । उक्त घटनापछि अमेरिकाले अंगालेको आतंकवाद विरुद्धको लडाइले विश्वमा धेरै क्षेत्रमा प्रभाव पारेको छ ।

अमेरिकामा सन २००१ मा भएको आतंकवादी हमलाको २० वर्ष पुगेको छ । ११ सेप्टेम्बर २००१ का दिन भएको आक्रमणलाई ९/११ भनेर चिनिन्छ । २,९७७ जनाको ज्यान जाने गरी भएको हमलापछि अमेरिकाले आतंकवाद विरुद्धको नीति लिएको थियो ।

उक्त घटनाका मुख्य योजनाकार तथा समग्र आतंकवाद विरुद्ध अमेरिकाले लिएको नीतिले आर्थिक लगाएत धेरै क्षेत्रमा प्रभाव पारेको छ । घटनापछि अमेरिकाले तत्कालै अफगानिस्तानमा युद्ध शुरु गरेर कट्टरपन्थी समूह तालिवानलाई सत्ताबाट हटाएको थियो ।

अमेरिकाको न्युर्योकमा घटेको उक्त घटनाको युद्धको सम्बन्ध अफगानिस्तानसँंग जोडियो । उक्त घटनामा संलग्न अलकायदा भनिने संङगठनका लडाकुहरू थिए ।

उक्त घटनाका प्रमुख योजनाकार ओसामा बिन लादेन अफगानिस्तानमा रहेको र उसलाई त्यहाँको तत्कालीन सरकारले संरक्षण दिएको आरोप लगाएको थियो ।

अक्टोबर २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले अमेरिकामा भएको आतंकवादी हमलाको बदला लिन अलकायदामाथि आक्रमण गर्न अमेरिकन सेनालाई आदेश दिए । तद्अनुरुप अमेरिकन सेनाले अफगानिस्तानमाथि हस्तक्षेप गरेको थियो ।सन् २०११ मा अमेरिकन फौजले लादेनलाई मार्न सफल भयो ।

लादेनको अन्त्य सँंगै सन् २०१४ मा ओवामा सरकारले अफगानिस्तानमा अमेरिकी फौजको मेजर कम्ब्याट अपरेसन समाप्त भएको घोषणा गरे ।

बिस्तारै अमेरिकन रणनीति र प्राथमिकता बदलिदै गएको देखिन्छ । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले फास्ट फरवार्ड पोलिसी अन्तर्गत अफगानिस्तामा आतंकवादविरुद्ध लडिरहेको अमेरिकी फौजको लडाइँलाई अन्त्य गर्ने रणनीति लिए ।

सन् २०१९ देखि अमेरिकन खुफिया एजेन्सी सीआईएले तालिबानसँंग कतारको सहयोगमा वार्ता गर्न थाल्यो । फलस्वरुप २९ फ्रेब्रुअरी २०२० मा अमेरिका र तालिबानबीच दोहा सम्झौता हुन पुग्यो ।

उक्त सम्झौताको अनुरुप सेप्टेम्बर ११, २०२१ सम्ममा सबै अमेरिकीले अफगानिस्तान छोड्ने निर्णय गरे । यता अमेरिकी फौजले गएको जुलाई महिनामा सबैभन्दा ठूलो बाग्राम बेस छोड्ने बितिकै तालिबान ले अफगानिस्तानको सरकारी फौजविरुद्ध लडाइँ तीव्र पारेको थियो ।

तर कावुल कब्जासँगै तालिबान ले गएको हप्ता सरकार गठन गरेको छ भने अफगानिस्तान इस्लामिक इमिरेट्स घोषणा भएको छ ।

अत, २० वर्ष अगाडिको त्यो आतंकवादी हमला जसले गर्दा अमेरिकालाई कट्टरपन्थी र चरमपन्थी आतंकवादी समूहविरुद्ध कडा कदम उठाउन बाध्य बनायो ।

जसले विश्व समुदायलाई आतंकवादविरुद्ध लड्न एकजुट बनायो । गएको २० वर्षमा संसारमा धेरै परिवर्तन भए, इतिहास बदलियो तर अफगानिस्तानको दुःख कहिले बदलिएन ।

यहाँका जनता २१ औं शताब्दीमा हत्या, हिंसा, बम र गोलीको वर्षासँग बाच्नुपर्यो । त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । अब २० वर्षपछि सत्ताको बागडोर सम्हाल्न आएको तालिबान बदलिन्छ कि बदलिँदैन हेर्न बाँकी छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अमेरिका हमला २०वर्ष पुरा,
समीर
एप्न्
सन २००१ को सेप्टेम्वरमा अमेरिकामा भएको आतंकवादी हमलाको २० वर्ष पुगेको छ । न्यूयोर्क सहरको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आक्रमणमा परि २ हजार ९ सय भन्दा वढीको ज्यान गएको थियो । उक्त घटनापछि अमेरिकाले अंगालेको आतंकवाद विरुद्धको लडाइले विश्वमा धेरै क्षेत्रमा प्रभाव पारेको छ । समिर जोशीको रिपोर्ट ।ड्ड

अमेरिकामा सन २००१ मा भएको आतंकवादी हमलाको २० वर्ष पुगेको छ । ११ सेप्टेम्बर २००१ का दिन भएको आक्रमणलाई ९÷११ भनेर चिनिन्छ । २,९७७ जनाको ज्यान जाने गरी भएको हमलापछि अमेरिकाले आतंकवाद विरुद्धको नीति लिएको थियो । उक्त घटनाका मुख्य योजनाकार तथा समग्र आतंकवाद विरुद्ध अमेरिकाले लिएको नीतिले आर्थिक लगाएत धेरै क्षेत्रमा प्रभाव पारेको छ । घटनापछि अमेरिकाले तत्कालै अफगानिस्तानमा युद्ध शुरु गरेर कट्टरपन्थी समूह तालिवानलाई सत्ताबाट हटाएको थियो । अमेरिकाको न्युर्योकमा घटेको उक्त घटनाको युद्धको सम्बन्ध अफगानिस्तानसँंग जोडियो । उक्त घटनामा संलग्न अलकायदा भनिने संङगठनका लडाकुहरू थिए । उक्त घटनाका प्रमुख योजनाकार ओसामा बिन लादेन अफगानिस्तानमा रहेको र उसलाई त्यहाँको तत्कालीन सरकारले संरक्षण दिएको आरोप लगाएको थियो । अक्टोबर २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले अमेरिकामा भएको आतंकवादी हमलाको बदला लिन अलकायदामाथि आक्रमण गर्न अमेरिकन सेनालाई आदेश दिए । तद्अनुरुप अमेरिकन सेनाले अफगानिस्तानमाथि हस्तक्षेप गरेको थियो ।सन् २०११ मा अमेरिकन फौजले लादेनलाई मार्न सफल भयो । लादेनको अन्त्य सँंगै सन् २०१४ मा ओवामा सरकारले अफगानिस्तानमा अमेरिकी फौजको मेजर कम्ब्याट अपरेसन समाप्त भएको घोषणा गरे । बिस्तारै अमेरिकन रणनीति र प्राथमिकता बदलिदै गएको देखिन्छ । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले फास्ट फरवार्ड पोलिसी अन्तर्गत अफगानिस्तामा आतंकवादविरुद्ध लडिरहेको अमेरिकी फौजको लडाइँलाई अन्त्य गर्ने रणनीति लिए । सन् २०१९ देखि अमेरिकन खुफिया एजेन्सी सीआईएले तालिबानसँंग कतारको सहयोगमा वार्ता गर्न थाल्यो । फलस्वरुप २९ फ्रेब्रुअरी २०२० मा अमेरिका र तालिबानबीच दोहा सम्झौता हुन पुग्यो । उक्त सम्झौताको अनुरुप सेप्टेम्बर ११, २०२१ सम्ममा सबै अमेरिकीले अफगानिस्तान छोड्ने निर्णय गरे ।यता अमेरिकी फौजले गएको जुलाई महिनामा सबैभन्दा ठूलो बाग्राम बेस छोड्ने बितिकै तालिबान ले अफगानिस्तानको सरकारी फौजविरुद्ध लडाइँ तीव्र पारेको थियो । तर कावुल कब्जासँगै तालिबान ले गएको हप्ता सरकार गठन गरेको छ भने अफगानिस्तान इस्लामिक इमिरेट्स घोषणा भएको छ । अत, २० वर्ष अगाडिको त्यो आतंकवादी हमला जसले गर्दा अमेरिकालाई कट्टरपन्थी र चरमपन्थी आतंकवादी समूहविरुद्ध कडा कदम उठाउन बाध्य बनायो । जसले विश्व समुदायलाई आतंकवादविरुद्ध लड्न एकजुट बनायो । गएको २० वर्षमा संसारमा धेरै परिवर्तन भए, इतिहास बदलियो तर अफगानिस्तानको दुःख कहिले बदलिएन । यहाँका जनता २१ औं शताब्दीमा हत्या, हिंसा, बम र गोलीको वर्षासँग बाच्नुपर्यो । त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । अब २० वर्षपछि सत्ताको बागडोर सम्हाल्न आएको तालिबान बदलिन्छ कि बदलिँदैन हेर्न बाँकी छ ।ड्ड