काठमाडौं । नेपाली कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोल्जाले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उनको रिहाइ गर्नुपर्ने बताए ।
उनले गोल्जालो गिरपm्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको बताए । उनले अध्यक्ष गोल्जालोलाई रिहाइ गर्न अमेरिकी साम्राज्यवादहरुको हात रहेको पनि बताए ।
त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राख्नुभयो ।
उनले गोञ्जालोको रिहाइको लागि आईतवार काठमाडौंमा वृहत प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिए ।
विभाग इन्चार्ज बास्तोलाले नेपाल भारत लगायत विश्वका क्रान्तिकारी शक्तिलाई कमजोर बनाउन एमसीसी ल्याइएको भन्दै त्यसलाई रोक्न सबैले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए ।
जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वाहार क्रान्तिको हिरो भएकोले उनको तत्काल रिहाइ हुनुपर्ने बताए ।
जनवादी गायक शर्माले गोन्जालो प्रेरणाको श्रोत भएको र आफूलाई क्रान्तिका गीत गाउन पनि उनबाट प्रेरणा मिलेको बताए ।
उनले गोन्जालोलाई जेलमा थुनेपनि उनको क्रान्ति, सोच र विचार विश्वका कम्युनिष्टहरुबाट नहराउने बताए ।