Mon Jul 4 2022
देश

बाढी पीडितको पीडा तर स्थानीय सरकारलाई भने रमिता

राज चौधरी, नवलपरासी । प्रत्येक वर्षायाममा नवलपरासीको सरावल, पाल्हीनन्दन संकरपुर लगाएतका क्षेत्रमा डुवान हुँदै आएको छ ।

सधैको वर्षायाममा डुवानको समस्या झेल्नु परेको भएपनि दिर्घकालिन समस्या समाधानका लागि भने काम हुन नसक्दा स्थानीय निरास भएका छन ।

विगत ६० वर्ष देखि प्रत्येक वर्ष वर्षायाम सुरु भएपढि बाढीको भयले हप्तौ जागराम वस्नु पर्ने वाध्यताका विच जिवन चलाउदै आएका छन नवलपरासी पश्चिमका सरावल, पाल्हीनन्दन संकरपुरका स्थानीयहरु ।

वर्षेनि गाउंको हजारौ विगाह जमिनमा लगाइएको वाली डुवानमा पर्ने गरेको छ । प्रत्येक वर्ष बाढीले पु¥याएको क्षतीबारे तथ्याङक संकलन हुन्छ । तर दिर्घकालिन समाधानका लागि भने प्रयास नभएको स्थानीयको गुनसो छ ।

लाखौको बाली तथा सम्पत्ती गुमाएका घरपरिवारहरु बाढी पसे पश्चात हप्तौ पछि आउने राहतका सामाग्री २ दिनको लागि मात्र हुने गरेको गुनासो गरेका छन ।

स्थानीय तहहरुले पिडीतहरुको छाक टार्नको खाने खाद्यान, घर विहिनहरुकालागि पाल लागायत आश्रयको वैकल्पिीक व्यवस्थापन समेत गर्न नसकेको स्थानीयको दुखेसो छ ।

गाउँपालिका तहमा विपद व्यवस्थापन समिति छ तर प्रत्येक वर्ष डुवानको सास्ती खेप्दै आएका नवलपरासी पश्चिमका पाल्ही नन्दन ६को शंकरपुर, सरावलको दक्षिण भेगका भुजहवा, रामपुर खडौना, मधवलीयाका लगायत क्षेत्रका सयौ घरपरिवारहरुका दिर्घकालिन समस्या समाधान गर्ने तर्फ सरकारी योजना हुनुपर्ने स्थानीयको भनाइ छ ।