Sun May 22 2022
मुख्य खबर

चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसीसी उपाध्यक्ष

काठमाडौँ अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन् ।

नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेका गएका बेला उनी गत बिहीबार काठमाडौं आएकी थिइन् ।

चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् । भेटमा एमसीसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन ।