Wed May 18 2022
मुख्य खबर

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दल एमालेले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध पारेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले दल हेरेर विभेद गरेको भन्दै एमालेले निरन्तर रुपमा संसद अवरुद्ध गर्दै आएका छन् ।

एमालेले कारवाही सिफारिस गरेका सांसदहरुलाई कारवाहीको सूचना टाँस नगरेर एमाले विभाजनमा सभामुखले भूमिका निर्वाह गरेको भन्दै एमालेले आरोप लगाउँदै आएको छ ।