काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक सोमबार दिउँसो साढे २ बजे बस्ने गरी बोलाइएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।
यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।