Sat May 21 2022
देश

सत्तापक्ष र सभामुखप्रति नेम्वाङको प्रश्नः संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले प्रतिनिधिसभा बैठक सूचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका हुन् ।

नेम्वाङले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनि प्रश्न समेत गरे ।

आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

पार्टीले निष्काशन गरेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुको सूचना संसद सचिवालयमा टाँस नगरुञ्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान रहेको नेम्वाङ बताए ।