जोडिनुहोस
  • होमपेज
  • हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या

हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या

बैतडी– बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।

दोगडाकेदार गाउँपालिका–८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको भेटिएको जानकारी दिए।

जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको र उनको कसले, किन हत्या गरेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका