नेपालमा थप १ हजार १८० जनामा कोरोना संक्रमण, १९ को मृत्यु

१ हजार ५८९ जना निको

नेपालमा थप १ हजार १८० जनामा कोरोना संक्रमण, १९ को मृत्यु
मङ्लबार, भदौ २९, २०७८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार २६६ जनाको पीसीआर परीक्षणमा १ हजार १८० जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।