१६ वर्षकी सुस्मिता बनिन् एक दिनका लागि गाउँपालिका अध्यक्ष

१६ वर्षकी सुस्मिता बनिन् एक दिनका लागि गाउँपालिका अध्यक्ष
मङ्लबार, भदौ २९, २०७८

काठमाडौँ– १६ वर्षीया सुस्मिता ऋषिदेव मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । उनी निर्वाचनमार्फत पूर्ण कार्यकालका लागि अध्यक्ष बनेकी भने होइनन् ।

५७ औं राष्ट्रिय बालदिवसको अवसरमा उनी एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।

अध्यक्ष बनेकी उनले मंगलबार अध्यक्षका हैसियतमा गर्नुपर्ने सबै काम गर्नेछिन् ।

गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।