जोडिनुहोस
  • होमपेज
  • शनिबारदेखि प्रहरी रिपोर्ट लिने अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली मा समस्या

शनिबारदेखि प्रहरी रिपोर्ट लिने अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली मा समस्या

काठमाडौँ- शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’ मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’ मा समस्या आएको बताए । उनले भने, “सिस्टम अपग्रेड गर्ने क्रममा नेटवर्किङका कारण समस्या आएको छ, प्राविधि टोलीले काम गरिरहेका छन्, प्राविधिक कुरा कतिबेला बन्द भन्न सकिन्न, सम्भवतः आज समस्या समाधान हुन्छ होला ।

उक्त नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका