Mon May 16 2022
अन्तर्राष्ट्रिय

तालिबानको दमनकारी नीतिविरुद्ध अफगानी महिलाले खोले मोर्चा

एजेन्सी- तालिबानको बुर्का र दमनकारी नीतिको बिरुद्ध अफगानी महिलाहरुले मोर्चा खोलेका छन् ।

महिलाहरुले सामाजिक सांस्कृतिक पोशाकहरु लगाएर आफ्ना तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।  महिलाहरुको यो सामाजिक मिडिया अभियान तालिबानी शासनको बिरुद्धमा रहेको जनाइएको छ ।

महिलाहरुले #DoNotTouchMyClothes र #AfghanistanCulture ह्यासट्याग गर्दै यी फोटोहरु सार्वजनिक गरेका हुन् ।  केही महिलाहरुले “अफगान संस्कृति सुन्दर रंगहरुको उत्सव हो, यसमा बुर्का र महिला उत्पीडन हुँदैन” लेखेकाछन् ।

संसारभरबाट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस अभियान को समर्थन गरिरहेका छन् ।