जोडिनुहोस
  • होमपेज
  • काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बर सावधानी अपनाउन विज्ञहरुको आग्रह

काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बर सावधानी अपनाउन विज्ञहरुको आग्रह

काठमाडौं : काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो। शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदूषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ।

वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ। पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन्।

जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले बागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदूषित शहरमा पहिलो नम्बरमा परेको बताए। उनले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए।

विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव न्यून रहेकाले पनि हावा वहन नपाएको र हावा नवहँदा उपत्कामा प्रदूषण बढेको जानकारी दिए। आइतबारदेखि नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदूषण हट्न भने अझै केही दिन लाग्ने उनको भनाइ छ।

उनले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उल्लेख गरे।

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदूषणबाट बच्नका लागि सरकारले आम नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिए। उनले केही दिनको लागि धुँवा निकाल्ने सवारीसाधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे।

उनले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउन बन्द गर्नुपर्ने बताए। वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सरलगायत समस्याहरु बढ्ने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका