असोजको पहिलो सातादेखि दसैँ–तिहारका लागि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

असोजको पहिलो सातादेखि दसैँ–तिहारका लागि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने
बुधबार, भदौ ३०, २०७८

काठमाडौं । यसपालिको दसैँ, तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने भएको छ ।

वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकट खुल्ला गरिएको छ ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा नआइसकेकोले अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिएका छन् ।

‘हाल डोमेष्टिक (आन्तरिक) उडान तर्फ १३ कम्पनीका ४८ उडान मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । यसमा थप चार्टर उडानका लागि हेली सेवा समेत सञ्चालनमा रहेको छ ।