सरकारलाई एमालेको आरोपः बजेटजस्तो संवेदनशील विषयमा सरकारले गैरजिम्मेवारपूर्ण व्यवहार देखायो

सरकारलाई एमालेको आरोपः बजेटजस्तो संवेदनशील विषयमा सरकारले गैरजिम्मेवारपूर्ण व्यवहार देखायो
बुधबार, भदौ ३०, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटजस्तो संवेदनशील विषयमा सरकारले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् ।

बुधबार एमाले महासचिव ईश्वर पोखरलले बजेट पास गर्ने बेलामा सरकार र सभामुखले प्रतिनिधि सभा बैठक असोज ४ गतेसम्म स्थगित गरेर उदासिनता र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप हुन् ।

आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैरजिम्मेवार सरकारले दिनुपर्ने भनेर प्रश्न गरेका छन् ।

एमालेले सरकारको यसप्रकारको व्यवहारप्रति खेद व्यक्त गरेको छ ।

एमालेले विज्ञप्तिमार्फत भनेको छ, ‘यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो ।’

यसअघि भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेसन एमालेको अवरोधका कारण संसदका कामकारवाही अवरुद्ध हुँदै आएका थिए ।

त्यस्तै सन्तुलित विकासको अवधारणानुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गरेपछि दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवारपूर्ण काम गरेको बताएको छ ।

एमालेले सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको भन्दै बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरेको स्मरण गराएको छ ।

एमालेले सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको दावी गर्दै सआएको छ ।