तपाईंको खराब समय त चलिरहेको छैन ? यि संकेतबाट थाहा पाउनुहोस्

तपाईंको खराब समय त चलिरहेको छैन ? यि संकेतबाट थाहा पाउनुहोस्
बुधबार, भदौ ३०, २०७८

खराब समय घुमिफिरी सबैको जीवनमा आउँछ । त्यसपछि राम्रो समय पनि आउँछ । तर कतिपय अवस्थामा खराब समय चलिरहँदा यसले मानिसको जीवनलाई नराम्ररी पर्छान पनि सक्छ । यस्तो स्थितिबाट बच्न समय छदैं सचेत बन्नु पर्दछ । यस्तोमा धार्मीक मान्यता अनुसार खराब समय चलेको केहि संकेतमार्फत थाहा पाउन सकिन्छ ।

यि हुन् खराब समय शुरु हुने संकेत:
– जब कुनै व्यक्तिको खराब समय शुरु हुन्छ, तब ससाना काम पनि बन्न सक्दैन ।

– हरेक काममा अड्चन आउँछ वा बिग्रन्छ भने खराब समय चलिरहेको हुनसक्ने धार्मीक विश्वास छ ।

– घरमा बारम्बार तेल पोखिन्छ वा तेलसम्बन्धीत नोक्सानी हुन्छ भने खराब समय चलेको संकेत मानिन्छ ।

– घरपालुवा जनावर जस्तै:- कुकुर, गाई, भैसीं हराए वा मरे भने खराब समय मानिन्छ ।

– घर बाहिर कालो कुकुर वा झगडा गरे वा बसेर शरीर कन्याए खराब समय मानिन्छ ।

– घरका कुनै सदस्यको निन्द्रा बिग्रीए पनि खराब समय चलेको मानिन्छ ।

– घरमा बिना कारण कुनै मनमुटाव भएमा पनि खराब समय चलेको मान्ने गरीन्छ ।

– नजिकको सम्बन्धमा पनि अचानक बिना कारण दुरी बन्न लागे यो समय चलेको विश्वास गरीन्छ ।

– किना कारण अड्डा अदालतको झमेलामा पर्नु परे पनि यहि समय कारक मानिन्छ ।

– शुभ मांगलिक कायको अवसरमा परिवार सदस्यमा झगडा हुनु पनी यसैको संकेत मानिन्छ ।