पछिल्लो २४ घण्टामा देशभर १,७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

१,२२० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १,७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
बुधबार, भदौ ३०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने ७ जनाको मृत्यु भएको छ ।

१६,८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १,२२० जना संक्रमणमुक्त भएका छन् ।

सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।