पोखरामा विद्यालयहरु असोज १ गतेदेखि खुल्ने

पोखरामा विद्यालयहरु असोज १ गतेदेखि खुल्ने
बुधबार, भदौ ३०, २०७८

पोखरा । पोखरामा निजी तथा सामुदायिक विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका छन् ।

कोरोना संक्रमणका कारण लामो समयदेखि भौतिक रुपमा विद्यालयका कक्षा सञ्चालन रोकिएका पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका हुन् ।

संक्रमणको संख्या घटेसँगै पोखरा महानगरपालिका नगर शिक्षा समितको बैठकले यही असोज १ गतेदेखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

समितिले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ मा उल्लेखित मापदण्ड एवम् मोडालिटी अनुरुप प्रत्येक विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन कार्य योजना बनाई विद्यालय संचालन गर्न महानगरले १० बुँदे सूचना जारी गरेको छ ।

विद्यालय सञ्चालन गर्दा आकस्मिक रुपमा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या आएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गरी त्यसको जानकारी वडा कार्यालय र शिक्षा महाशाखालाई गराउन समेत भनिएको छ ।

तर पोखरा क्षेत्रमा क्याम्पस सञ्चालनबारे महानगरले कुनै पनि सूचना जारी गरेको छैन ।