प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका नाबालक पुगे उच्च अदालत

प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका नाबालक पुगे उच्च अदालत
बुधबार, भदौ ३०, २०७८

पोखरा । प्रेमलाई अपराध करार मानिएका एक बालक पुनरावेदनका लागि उच्च अदालत पोखरा पुगेका छन् ।

प्रेमलाई अपराध करार गरी बाल सुधार गृहमा पठाइएका एक बालक पुनरावेदनका लागि उच्च बुधबार अदालत पोखरा पुगेका हुन् ।

बालकको तर्फबाट सोमबार अधिवक्ता बीबी विष्टले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

करिब ४ वर्ष प्रेम सम्बन्धमा रही उमेर नपुगी भागी विवाह गरेका पोखराका १७ वर्षीय किशोरलाई जिल्ला अदालत कास्कीले जवरजस्ती करणी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो ।

१७ वर्ष ५ महिनाको उमेर भएका ती किशोरले १७ वर्ष १० महिना उमेर भएकी सँगै पढ्ने प्रेमिकालाई भागी विवाह गरी भारत लगेका ८ महिनापछि गर्भवती भएर नेपाल फर्किका थिए ।

नेपाल फर्किएछि किशोरीको परिवारको जाहेरीले किशोरलाई थुनामा पठाएको थियो ।

पछि जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले प्रेम सम्बन्ध र विवाह भएको स्वीकार गरेको थियो । उक्त विवाहको कानुनी मान्यता नभएको भन्दै त्यसलाई जवरजस्ती करणी ठहर गरेका थिए ।

उच्च अदालत पोखरामा पेश गरिएको पुनरावेदन पत्रमा प्रेमको उच्चतम रुप विवाह भएको र विवाहभित्रको शारीरिक सम्बन्ध वैधानिक भएको भन्दै त्यसलाई जवरजस्ती करणी भन्न नमिल्ने तर्क पेश गरिएको छ ।

विवाहका लागि कानुनले तोकेको उमेर नपुगी विवाह गरेमा त्यो बालविवाह हुने भएकाले त्यसलाई जवरजस्ती करणी ठहर गर्न नसकिने जिकिर गरिएको छ ।

अदालतले विवाहको विषयलाई सम्बोधन नै नगरी जवरजस्ती करणीको रोहबाट मात्रै मुद्दाको पुर्पक्ष गरेको भन्दै विवाहसहित शारीरिक सम्बन्ध भएको कुरा क्तबतगतयचथ च्बउभ (कानूनी बलात्कार) होइन भनिएको छ ।