प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारको तयारी, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने
बुधबार, भदौ ३०, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री आचार्यले बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री, ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।