काठमाडौं । बुधबार सेयर बजार ४०.२६ अंकले घटेर परिसूचक २ हजार ८८९ अंकमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ । यस दिन सबै समूहहरु घटेका छन् ।
बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन् ।
त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन् । मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ ।
त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.६ प्रतिशतले बढेको छ । बुधबार कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।