पुर्व नवलपरासी सुनवलको तुरियाखोलामा भासिएको पुल संचालन

पुर्व नवलपरासी सुनवलको तुरियाखोलामा भासिएको पुल संचालन
बुधबार, भदौ ३०, २०७८

नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलनको तुरियाखोलाको भासिएको पुल संचालनमा आएको छ ।

गत भदौ ११ गते नवलपरासी पश्चिममा आएको बाढीका कारण पुल भासीदा करिव ५ किलोमिटर लामो भित्री डाइभर्सन मार्फत सवारी साधन संचालन हुँदै आएको थियो ।

तत्कालका लागि भासिएको पुलमाथि नै फलामे वेलिव्रिज जडान गरी एकतर्फी रुपमा यातायात संचालन गरिएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।