नेपालमा निपा भाइरसको जोखिम कति ?

मृत्युदर ४५ देखि ७५ प्रतिशत उच्च जोखिम

नेपालमा निपा भाइरसको जोखिम कति ?
बुधबार, भदौ ३०, २०७८

जिबन रानाभाट। काटमाठौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ ।

भारतमा निपा भाइरसको सङ्क्रमण देखिएको तथा नेपालमा पनि निपा भाइरस सार्ने चमेरा पाइने भएकोले नेपालमा समेत जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाल भारत खुला सीमाका कारण भारतबाट समेत फैलन सक्ने हुँदा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ ।

नेपालमा पनि निपा भाइरस संक्रमणको जोखिम रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेको छ ।

निपा भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस भएको मन्त्रालयले जनाएको छ । यो भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।

निपा भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने भएकोले यसको जोखिम वढि रहेको मन्त्रालयले जनाएको छ ।

यो भाइरस सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपा भाइरस सर्ने विज्ञहरुको भनाइ छ ।

निपा भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ ।

यो रोग बढी सङ्क्रामक पनि हुने भएकाले सरकारले अब कसरी पहल गर्नु पर्दछ छ त ? निपा भाइरसको मृत्युदर ४५ देखि ७५ प्रतिशत रहेकोले पनि यो बढि जोखिम छ ।

विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निपा भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ ।यो रोग लागेपछि उपचारको बिधि कस्तो छ त ?

निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको थियो । यसको अहिलेसम्म खोप बनेको छैन ।

यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ । त्यसैले बेलैमा यसबाट सजक हुनु नै यस रोग बाट बच्ने राम्रो उपाय हो ।