जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको ज्यान गयो, २८ जना घाइते

अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको ज्यान गयो, २८ जना घाइते

अलबामा— अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गर्नु भएको छ ।

कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका