जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार नवौं चरणका दुई खेलहरु हुँदैछ । नवौं चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज तेस्रो जितको योजनामा हुनेछ । हिमालयन ८ खेलमा ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ५ अंक जोडेर पुछारमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । थ्री स्टार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज पाँचौ जितको खोजीमा हुनेछ । थ्री स्टार १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

चर्च ब्वाइज चौंथो जित निकाल्न चाहन्छ । चर्च १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका