जोडिनुहोस
  • होमपेज
  • सुडान : सेना र अर्धसैनिक बलबीच झडप तीव्र, आरएसएफद्वारा राजधानीको नियन्त्रण दाबी

सुडान : सेना र अर्धसैनिक बलबीच झडप तीव्र, आरएसएफद्वारा राजधानीको नियन्त्रण दाबी

सुडानमा सैन्य समूहबीचको आपसी द्वन्द्व अहिले देशभर फैलिएको छ । धेरै ठाउँबाट हिंसाको खबर आइरहेको छ । सङ्घर्षको केन्द्रबिन्दु खार्तुम सहरका सडकहरू सुनसान देखिएका थिए । आइतबार दुवै समूहले यहाँका मुख्य सडक अवरुद्ध गरेका थिए ।

यस द्वन्द्वमा हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । र्‌यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको द्वन्द्व अहिले देशव्यापी बनेको छ । यस सङ्घर्षमा सेनाले अग्रता लिन सक्ने प्रत्यक्षदर्शीहरू बताउँछन् ।

यद्यपि, आइतबार आरएसएफले राजधानी खार्तुम र छिमेकी सहर ओमदुरमानका साथै पश्चिममा दारफुर र मिरोए एयरपोर्टको नियन्त्रण दाबी गरेको छ । द्वन्द्व स्थलबाट घाइतेलाई हटाउनका लागि आइतबार दुवै समूहले केही समयका लागि युद्ध विरामको घोषणा गरेका थिए । तर, त्यसको कडाइका साथ पालना हुन सकेको छैन ।

सुडानमा यो सङ्घर्ष प्रतिद्वन्द्वी गुटको राजनीतिक वर्चस्व कायम राख्नुको परिणाम हो । देशको सैन्य नेतृत्व भित्रको सर्वोच्चताको लडाईंले द्वन्द्वलाई जटिल बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका