Mon Jan 17 2022
मुख्य खबर

भारत द्वारा मकवानपुरमा विद्यालयको भवन निर्माण

काठमाडौं – भारती सहयोगमा निर्माण गरिएको लिटी खोला, फापरबारी, मकवानपुर स्थित श्री बागमती निम्न माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

१६ सेप्टेम्बर, २०२१ मा, भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको शिलान्यास भारत सरकारको तर्फबाट महावाणिज्यदूत नितेश कुमार जिल्ला समन्वय समिति, मकवानपुर, विद्यालय व्यवस्थापन समिति तथा स्थानिय प्रतिनिधिहरू द्वारा संयुक्तरूपमा शिलान्यास गरिएको हो ।

भारत सरकारको अनुदान, नेपाल–भारत विकास सहयोगु अन्तर्गत, १० कक्षा कोठा, फर्नीचर तथा सरसफाइ संसाधन सहित दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरीएको थियो ।

यो परियोजना भारत सरकार र नेपाल सरकार बीच सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजना को रूप मा लिईएको थियो।

श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोला ९बागेरी० मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भयो।

भवन विद्यालयका आवश्यकताहरु ध्यानमा राखी निर्माण गरिएको छ र यसले छात्र–छात्राहरुका लागी शिक्षाको वातावरण लाई बढावा दिनेछ। यस विद्यालयको निर्माणका लागी भारत सरकारको वित्तीय सहायता भारत र नेपाल सरकार द्वारा शैक्षिक पूर्वाधार को बृद्धि संग जोडिएको महत्व झल्काउँछ।