जोडिनुहोस
  • होमपेज
  • जी–२०ः भारतको गोवामा आजबाट दोस्रो स्वास्थ्य समूह बैठक

जी–२०ः भारतको गोवामा आजबाट दोस्रो स्वास्थ्य समूह बैठक

पणजी– भारतको अध्यक्षतामा भईरहेको जी–२० बैठक अन्तर्गत दोस्रो स्वास्थ्य कार्य समूह बैठक आजबाट देखि गोवामा हुने भएको छ। तीन दिन सम्म चल्ने बैठक वैशाख १९ गते समापन हुँदैछ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बैठकमा जी–२० का १९ सदस्य राष्ट्र, १० आमन्त्रित राष्ट्र र २२ अन्तर्राष्ट्रिय संस्थाका १८० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकमा स्वास्थ्य सबन्धि तीन प्राथमिकताहरूमा विषयगत छलफल हुनेछ। पहिलो प्राथमिकता एक स्वास्थ्य र एन्टिमाइक्रोबियल प्रतिरोधको साथ स्वास्थ्य आपतकालीन रोकथाम, तयारी रहेको छ । प्रभावकारी, गुणस्तरीय र किफायती मेडिकल काउन्टरमेजर (भ्याक्सिन, थेराप्युटिक्स र डायग्नोस्टिक्स) दोस्रो प्राथमिकताको विषय हो भने डिजिटल स्वास्थ्य अन्तिम प्राथमिकताका विषय रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका