Wed Jan 19 2022
देश

असार ५ गतेभित्र सरकार विस्तार हुन्छः प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार ५ गतेभित्र सरकार विस्तार हुने बताएका छन् ।

तीन दिनभित्रै सरकार विस्तार हुने बताएका छन् ।

शनिबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक कार्यक्रममा बोल्दै प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताएका हुन् ।

प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको बताए ।

आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको भन्लै एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि बताए ।

संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा समेत गरेका थिए । एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने बताए ।