Tue Jan 18 2022
खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलसँग हार्‍यो बर्नली

काठमाडौँ- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ ।

आर्सनलसँग बर्नलीलाई १–० गोल अन्तरले पराजित भएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले खेलको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

यो जितसँगै आर्सनलले लिगमा ५ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल तालिकाको १३ औं स्थानमा छ । बर्नली १ अङ्कका साथ १९ औं स्थानमा छ ।