Mon Aug 8 2022
देश

लुम्बिनी प्रदेशले गरेको संविधान दिवसको मूल समारोहमा एमालेलाई निम्ता नै दिइएन

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा विशेष समारोह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी नेकपा एमाले उपस्थित भएन ।

एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो ।

यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको नीति अनुसार अनुपस्थित भए ।

मूल समारोहमा मुस्किलले एक सय जना हाराहारीको मात्रै सहभागिता भएका थिए ।