Mon Aug 8 2022
मुख्य खबर

एमाले अध्यक्ष ओलीले भने – पदकहरूले नै लाज मानिरहेका छन्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पदक वितरणका लागि सार्वजनिक गरेको नामहरूप्रति आक्रोश व्यक्त गर्दै पदकहरूले नै लाज मानिरहेको भन्दै कटाक्ष गरेका छन् ।

अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ ।

अघिल्लो पटकको पनि म सम्झन चाहन्छु । एउटाको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान समाजसेवी, अर्कोको छोरी महान समाजसेवी, कस्तो विडम्बना यो देशको रु कस्ता भोका जुका पुगेका छन् शासनमा रु लाज लाग्छ संविधान दिवसका दिन बोल्दा ।’

उनले संविधान दिवसको दिन लोकतन्त्र पाएकोमा, सपना साकार भएकोमा सहिदको छोराले, आमाबावुले गर्व गर्न पाउनुपर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्नेमा नेताका आफन्तलाई पदक बाडेको भन्दै टिप्पणी गरे ।