कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान
आइतवार, अशोज ३, २०७८

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । विवाद मिलाउन बाँकी रहेका १३ वटा जिल्लाको समाधान गरेर प्रतिवेदन बुझाएको पूर्वमहामन्त्री कृष्ण सिटौलाले जानकारी दिए ।

नीतिगत निर्णय गरेर सभापति देउवा र महामन्त्रीद्वय पुर्णबहादुर खड्का र डाक्टर शशांक कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । पूर्वमहामन्त्री सिटौला नेतृत्वको समितिले प्रतिवेदन बुझाएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पुष्टि गरे ।

महामन्त्री कोइरालाको सचिवालयले समेत प्रतिवेदन बुझाएको पुष्टि गरेको छ । दिउँसो १ बजेतिर प्रतिवेदन बुझाएको र सकेसम्म आजै बेलुकासम्म क्रियाशील सदस्यताको विवरण सार्वजनिक हुने कोइरालाको सचिवालयले जानकारी दिएको छ ।