कांग्रेस नेता विश्वप्रकाश शर्माको प्रस्तावः राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक

कांग्रेस नेता विश्वप्रकाश शर्माको प्रस्तावः राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक
आइतवार, अशोज ३, २०७८

काठमाडौं । नेपाली कांग्रेस नेता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता शर्माले आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा २ पटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरेका हुन् ।

वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।

शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए ।

शर्माले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने र विमति राख्नेले पनि संविधानसभाको सम्मान गर्नुपर्ने बताएका छन् ।