स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा राउटेको मृत्युदर बढ्यो

स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा राउटेको मृत्युदर बढ्यो
आइतवार, अशोज ३, २०७८

काठमाडौं । गत वर्ष मङ्सिरदेखि यता राउटेको मृत्यु हुनेको संख्या बढेको छ ।

गत वर्ष मङ्सिरदेखि यतासम्म १८ राउटेको मृत्यु भइसकेको छ ।

अत्यधिक मदिरा सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा अकालमा धेरै राउटेको ज्यान गइसकेको छ ।

स्वास्थ्य संस्थाको पहुँचबाट बाहिर रहेकाले राउटेहरुको मृत्युदर बढेको बताइएको छ ।

यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।

प्राणीशास्त्रीसमेत रहेका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्वपूर्ण सवालका रुपमा रहेको बताए ।