एनआरएनएको अध्यक्षमा कुल आचार्यको उमेद्वारी घोषणा

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उमेद्वारी घोषणा
आइतवार, अशोज ३, २०७८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दसौ अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको छ ।

गृह जिल्ला पर्वतको कुश्मामा बाग्लुङ र म्याग्दीका समेत पत्रकारहरुको सम्मेलन गरि आचार्यले यही असोज २८ देखि ३० गते काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वार बन्ने घोषणा गर्नुभएको हो ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा जन्मिएर हाल बेलायतमा ब्यवसाय गरेका आचार्य यसअघिको महाधिवेशनमा कुमार पन्तसँग अध्यक्षमा पराजित हुनुभएको थियो ।

प्रवासीलाई जन्मथलो र गाउँसंग जोड्ने, गैरआवासीय नागरिकताको ब्यवस्था, दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामुलक बनाउने एजेण्डा सहित आचार्यले महाधिवेशनमा अध्यक्षमा दावी प्रस्तुत गर्नुभएको हो ।

सुस्तामा बिद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खेल्ने कामको अगुवाई गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र बिश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाउनुभयो ।