सैनामैना ६ को शिक्षामा उल्लेख्य प्रगति

सैनामैना ६ को शिक्षामा उल्लेख्य प्रगति
आइतवार, अशोज ३, २०७८

ओम प्रकाश पौडेल, काठमाडौं । सैनामैना नगरपालिका ६ ले शिक्षा क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य प्रगति गरेको पाइएको छ ।

वडाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिएपछि १०० विद्यार्थी भएका कतिपय सामुदायिक विद्यालयमा १ हजार ६०० सम्म विद्यार्थी संख्या पुगेको छ ।

विभिन्न सामुदायिक विद्यालयहरुमा स्कुल बस, आधुनिक विज्ञान प्रयोगशाला, ई हाजिरी र सिसिटिभि क्यामेरा जडान, शिक्षकहरुलाई ७५ प्रतिशत अनुदानमा ल्यापटप प्रदान, विद्यालय भवनहरु निर्माण लगायतका कारण सैनामैना ६ रुपन्देहीका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या बढेको सचिव मिनाराम पन्थीले बताए ।

वडाले शहिद नारायण पोख्रेल रामापुर बहुमुखि क्याम्पसमा १ बस, रामापुर माविमा २ वस र जनकल्याण माविमा १ स्कुल बसको व्यवस्था गरेपछि अधिकांश विद्यालयमा विद्यार्थी संख्या बढेको छ ।

१००० विद्यार्थी रहेको सामुदायिक विद्यालय रामापुर माविमा १६०० सम्म विद्यार्थी संख्या पुगेको वडा कार्यालयले जनाएको छ ।

शिक्षाको विकास विना संबृद्धि असम्भव रहेकोले निरन्तर अनुगमन गरि वडामा नगर तथा प्रदेश स्तरिय नमूना विद्यालयहरु बनाएको वडा अध्यक्ष वसन्त पाण्डेको दावी छ ।

वडामा भौतिक पूर्वाधार विकास तर्फ १० सडक पिच, झण्डै सबै जसो ग्रामिण सडक ग्राभेल, इगुरिया सिंचाई बाध लगायतका संरचनाहरुको निर्माण तथा मर्मत, कतिपय खानेपानीमा पानी फोहोर आउँदा नयाँ बोर्डिङ गडान गरेपछि सतप्रतिशत वडाबासी स्वच्छ पिउने पानीको पहुँमा पुगेको उनले बताए ।

७० काटेका वृद्ध वृद्धालाई निशुल्क स्वास्थ्य विमा ५० काटेकालाई निशुल्क चश्मा र निशुल्क ल्याबको व्यवस्था गरेको बताइएको छ ।

सैनामैना नगरकै प्रमुख पर्यटकीय क्षेत्र मलमलादेवि मन्दिरमा ७० लाख लागतमा स्वच्छ पिउने पानी वितरण ८५ लाख बजेटमा ५०० सिडि निर्माण तथा ५० लाख बढि रकम थप बजेट विनियोजन भएको वडा संग तथ्यांक छ ।

वडामा पिकिनिक स्पोट टिकटक छहारीले पनि पर्यटकहरुलाई आकर्षण गरेको पटना टोल विकास संस्थाका अध्यक्ष पदम पाण्डेले बताए ।

तीनै सरकार मार्फत बजेट विनियोजन भएपछि युवा तथा महिला कृषिमा आकर्षित भई कृषकहरुमा व्यवसायिकताको विकास भएको वडाध्यक्ष पाण्डे बताउँछन् ।

वडामा राष्टिय स्तरको कभर्ड हल बन्दै गरेको तथा विपन्न बालबालिकालाई खेलकुद सामग्री वितरण गरि वडाले खेल क्षेत्रको प्रर्वद्र्धनमा भूमिका खेलेको जानकारहरुको बुझाई छ ।

वडाबसीको संवृद्धिको चाहाना पुरा गर्न जनप्रतिनिधीहरुले हाल गरिरहेको काम स्रहानिय भएपनि यो कार्यकालको अन्तिम वर्ष भएकोले थप क्रियाशिलताको जरुरी छ ।