नेवार समुदायको प्रमुख जात्राका रुपमा मनाईने ईन्द्रजात्रा धुमधामका साथ मनाइयो

नेवार समुदायको प्रमुख जात्राका रुपमा मनाईने ईन्द्रजात्रा धुमधामका साथ मनाइयो
आइतवार, अशोज ३, २०७८

समीर जोशी, काठमाडौं । आइतबार काठमाडौंका नेवार समुदायहको प्रमुख जात्राका रुपमा मनाईने ईन्द्रजात्रा धुमधामका साथ मनाईएको छ ।

श्री कुमारी, श्री गणेश र श्री भैरवको रथारोहरण गरि बसन्तपुर दरबार क्षेत्र परिक्रमा गराईएको छ ।

ईन्द्रजात्राका अवसरमा बर्षा र शहकालका देवता ईन्द्रको पुजाआराधना गरिने धार्मिक प्रचलन छ ।

इन्द्रपुजनको अनुष्ठानसंगै प्रारम्भ भएको ईन्द्रजात्रा आईतबार काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा आयोजना गरियो ।

ईन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट जीवितदेवी श्री कुमारी, श्री भैरव र श्री गणेशको दर्शन गर्ने प्रचलन छ ।

जसअनुसार आईतबार बसन्तपुर दरबारमा सम्पन्न जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबाहादूर देउवाको उपस्थिती रहेको थियो । शनिबार देखी सुरु भएको ईन्द्रजात्रा ८ दिनसम्म मनाईन्छ ।

पौराणिक मान्यता अनुसार वर्षा र शहकालका देवता ईन्द्रको पुजाआराधना गरी मनाईने ईन्द्रजात्राको विशेष महत्व रहेको सर्वसाधारणको भनाई छ ।

जात्रा हेर्न स्वदेशी तथा विदेशी नागरिकहरुको बाक्लो उपस्थिति थियो ।