Mon Jan 24 2022
मुख्य खबर

संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो ।

दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक अब भोलिको राष्ट्रियसभा बैठकमा पेश हुनेछ ।