जोडिनुहोस
  • होमपेज
  • डढेलोको कारण देशका अधिकांश भागमा तुवालो देखिने

डढेलोको कारण देशका अधिकांश भागमा तुवालो देखिने

काठमाडौं—नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यकालगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको सम्भावना रहेको छ र यसबाट वायु प्रदूषणमा वृद्धि भइरहेको देखिन्छ।

त्यसैले मेघगर्जन, चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागको मौसम समान्यतया सफा रहेको छ ।

दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यकालगायत देशका केही भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ । राति भने देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका