Mon Jan 17 2022
मुख्य खबर

सुनको मुल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रूपैयाँ बढेर ८९ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।