Fri Jan 21 2022
आर्थिक

राष्ट्रियसभामा विनियोजन विधेयक पेश, भदौ ३१ देखिकै खर्चले वैधता पाउने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर गएको राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) पेश भएको छ ।

सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो ।

अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् ।

एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि पुनः प्रतिनिधिसभा, सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ र बजेट कार्यान्वयनमा जानेछ ।

बजेट समयमा संसदबाट पारित नहुँदा अहिले मुलुक बजेट होलिडेमा छ । खर्चले कानूनी वैधता कसरी पाउँछ भन्ने चासोका बीच विधेयकमा भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउने गरी भूतप्रभावी व्यवस्था राखिएको हो ।