Mon Jan 17 2022
देश

सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको छः ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भईरहेको गम्भीर आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनका कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अनेरास्ववियुको नयाँ नेतृत्वको सपथग्रहणका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोेहो¥याउनु भयो ।

अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरुले आपत्ति जनाउनु परेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औंल्याउनु भयो ।