Wed Jan 19 2022
देश

राष्ट्रियसभाको दोस्रो बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेको छ ।

आज राष्ट्रियसभाको दोस्रो बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नु भएको हो ।

दोस्रो पटक बैठक सुरु हुनासाथ सदा झैं एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनु भएको थियो ।

त्यसपछि बोल्न सुरु गर्नु भएका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

सांसद श्रेष्ठले गैर सांसदहरुलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनि प्रश्न समेत गर्नु भयो ।

उहाँले संविधान विपरित, संसदको मर्यादा विपरित आफ्नो दलले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नु भयो ।