कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?
बुधबार, अशोज ६, २०७८

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको हुँदा त्यसको प्रभावले वर्षा हुने महाशाखाले जनाएको हो ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।

अहिले बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ६ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ७ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ८ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।