जोडिनुहोस
  • होमपेज
  • मकवानपुरको भीमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

मकवानपुरको भीमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

हेटौंडा– मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा  कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियारको आज बिहान १०:४० बजे एक्कासि बेहोस भएका थिए ।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका