Mon Aug 8 2022
मुख्य खबर

समयमै नफर्किने विदेशीलाई साउदीले तीन वर्ष प्रतिबन्ध लगाउने

दोहा – बिदामा गएका बिदेशी नागरिकले समयसीमा अर्थात् भिसाको म्याद नसकिँदै ३ वर्षसम्म प्रतिबन्ध लगाउने साउदी अरबले नयाँ नियम बनाएको छ ।

साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात) अफिसले बिदामा गएका बिदेशी नागरिकले भिसाको म्यादभित्रै फेरि साउदी नफर्किए ३ वर्षसम्म पुनस् साउदी अरब प्रवेश गर्न नपाउने जनाएको छ ।

साउदी अरबबाट बिदामा गएकाहरुले भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन वर्षसम्म फर्किन नपाउने नियम लागु गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भने त्यस्ता विदेशी नागरिकले सहजै प्रवेस पाउने छन् । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासीय अनुमति तथा भिसा स्वतस् खारेज हुने जनाइएको छ ।

यसका साथै त्यहाँको गृह मन्त्रालयले आप्रबासन तथा रोजगारका नियम उलंघन गर्नेलाई संरक्षण, सहयोग नदिन र कोही कसैले नियम उलंघन गरी बसिरहेको देखेमा सरकारलाई खबर गर्न अनुरोध गरेको छ ।

गत महिना मात्र साउदीमा कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी कामदार पक्राउ परेका छन् ।

योगेन्द्र योगी