काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक पनि जारी छ ।
मंगलबारबाट सुरु भएको बैठक आज विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
बैठकमा बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी छ । पेश भएका ५ प्रस्तावमाथि छलफल सक्ने तयारी छ ।
अध्यक्षको प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि ५ वटा समूह बनाएर छलफल भएको छ ।