Sat Jan 22 2022
देश

लुम्बिनी प्रदेशसभाको बैठक असोज १३ गतेसम्मका स्थगित

काठमाडौं । बिहीबार बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।

नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ ।

असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको थियो ।

प्रदेशसभाको अर्को बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि बस्नेगरि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।