Fri Jan 21 2022
देश

पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागी

पोखरा । पोखराको नागढुंगास्थित तिवारी फोम हाउसमा आगलागी भएको छ ।

गएराति करिब १० बजे आगलागी हुँदा फोम हाउसमा रहेका सबै सामग्री जलेर नष्ट भएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको सञ्चालक तिवारीले जानकारी दिए । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।